कैलाश डाँडामा एसबिआईको वृक्षारोपण

कैलाश डाँडामा एसबिआईको वृक्षारोपण

नेपाल एसबिआई बैंकले पशुपतिनाथ मन्दिर परिसरमा वृक्षारोपण गरेको छ । 

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिर परिसरमा रहेको कैलाश डाँडामा वृक्षारोपण गरेको बैंकले जनाएको छ । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, सञ्चालक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत विकास आनन्दसहित अन्य पदाधिकारी तथा कर्मचारी वृक्षारोपण कार्यक्रममा सहभागी थिए । 

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता गतिविधि गर्दै आएको छ । विगत ३२ वर्षदेखि बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एसबिआई बैंकको देशभर एक सय एक शाखा, २२ एक्सटेन्सन काउण्टर, २० शाखारहित बैंकिङ्ग, सात प्रादेशिक कार्यालय, एक सय २७ एटिएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

टिप्पणीहरू