अनसन बसेका जेनजी अगुवा सिकिस्त

अनसन बसेका जेनजी अगुवा सिकिस्त

जेनजीका माग पुरा गराउन भन्दै चार दिनदेखि आमरण अनसनमा बसेका यादव सिंह अस्वस्थ भएका छन् । 

माइतीघरमा अनसनरत उनको स्वास्थ्य अवस्था जटिल देखिएको बताइएको छ । जेनजी प्रदर्शनमा दमन गर्नेहरूलाई कारवाहीको दायरामा ल्याउनुपर्ने, शहीद परिवार र घाइतेलाई रोजगारीको ग्यारेण्टी हुनुपर्ने, भ्रष्टाचार छानविन गर्नुपर्नेजस्ता माग राख्दै सिंहले अनसन शुरु गरेका हुन् । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गरेर फौजदारी कानुनबमोजिम सामुहिक हत्याको आरोपमा मुद्दा चलाउनुपर्ने उनको मुख्य माग छ । भदौ २३ र २४ को घटनालाई भ्रष्टाचारविरुद्धको जनआन्दोलन घोषणा गरिनुपर्ने र न्यायाधीशहरूको सम्पति छानविन हुनुपर्ने माग पनि उनले उठाएका छन् । 

यी माग पूरा नहुँदासम्म अनसन जारी राख्ने सिंहको अडान छ ।

टिप्पणीहरू