जनार्दनको टोलीमा मिसिए सन्तोष, बाबुराम र विप्लवसँग छलफल

जनार्दनको टोलीमा मिसिए सन्तोष, बाबुराम र विप्लवसँग छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार जनार्दन शर्मा नेतृत्वको अभियानमा जोडिएका छन् । नयाँ पार्टी गठनको तयारीसहित उनी शर्माको टोलीसँग छलफलमा रहेको बताइएको छ । 

माओवादी केन्द्र र एकीकृत समाजवादी सहितका दलहरूको एकतामा नगएका शर्माले सुदन किराँतीको नेतृत्वमा प्रगतिशील अभियान घोषणा गरेका थिए । विभिन्न पार्टी छोडेर आएकाहरूलाई समेटेर यसैलाई पार्टीको रूपमा अघि बढाउने उनको तयारी छ । 

केही समय अघिदेखि शर्मासँग निरन्तर संवादमा रहेका परियारले आज औपचारिकरूपमा रास्वपा छोडेका हुन् । उनको राजीनामा पत्रमा नयाँ अभियान सञ्चालन गर्न पार्टीबाट अलग हुनुपरेको उल्लेख छ । 

शर्मा नेतृत्वको अभियानले विचार मिल्ने समहूहरुलाई एकतामा आउन सात बुँदे आह्वान पत्र जारी गरेको थियो । उक्त अभियानमा तत्कालीन माओवादी केन्द्रका स्थायी समिति सदस्य राम कार्की पनि सक्रिय छन् । 

शर्माको अभियानमा बाबुराम भट्टराई पनि सामेल हुने र नेत्रविक्रम चन्द विप्लव र घनश्याम भुसाललाई समेत समेट्न छलफल चलिरहेको बताइएको छ ।

टिप्पणीहरू