आगो खपेर पनि मीनबहादुरको भाटभटेनी नै अब्बल
जेन–जी विध्वंशमा आगजनी र तोडफोडको चर्को निशानामा परे पनि मीनबहादुर गुरुङको भाटभटेनी सुपर मार्केट आर्थिक वर्ष २०८१/८२ मा मुलुकको सबैभन्दा धेरै कर तिर्ने संस्था बनेको छ । वस्तु व्यापारतर्फ सबैभन्दा ठूलो करदाताको सूचीमा भाटभटेनी शीर्ष स्थानमा रहेको छ ।
कर दिवसका अवसरमा सरकारले आज गुरुङलाई ‘उत्कृष्ट करदाता’ का रूपमा सम्मान गर्यो । सम्मान ग्रहण गर्दै गुरुङले आन्दोलनका दिनमा आफूले मीठो पीडा अर्थात् स्वीट पेन भोगेको स्मरण गरे। उनले व्यापारी र व्यवसायीलाई लगातार ‘आक्रमण’ गर्ने वातावरण हुँदा सबै क्षेत्र र त्यसमा रहेको रोजगारी डुब्ने अवस्था उत्पन्न भएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।
सम्मान ग्रहण गर्दै भने, ‘देशको राजस्व खातामा कम पैसा जम्मा गरौँ भन्ने कहिल्यै लागेन । सकेको तिरौँ,हामीले तिरेको करबाटै देश बन्छ, अनि घुमेर त्यसकै फाइदा हामीलाई नै फर्किन्छ। म कोहीबाट लिन्नँ,दिन्छु मात्रै । भाटभटेनी कमाउँदैन,दान गर्छ।’
सम्मान ग्रहण गर्दै भने, ‘देशको राजस्व खातामा कम पैसा जम्मा गरौँ भन्ने कहिल्यै लागेन । सकेको तिरौँ,हामीले तिरेको करबाटै देश बन्छ, अनि घुमेर त्यसकै फाइदा हामीलाई नै फर्किन्छ। म कोहीबाट लिन्नँ, रदिन्छु मात्रै । भाटभटेनी कमाउँदैन,दान गर्छ।’
गुरुङले भाटभटेनीमा पटक पटक लुट्ने र आगो झोस्ने अपराधिक काम गरिएको तर आफू विचलित नभएको समेत उल्लेख गरे ।
टिप्पणीहरू