रावलपछि राईको पालो !

रावलपछि राईको पालो !

नेपाली कम्युनिष्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच एकताको तयारी अन्तिम चरणमा पुगेको छ । शीर्ष नेताबीचको चरणबद्ध छलफलपछि जसपा नेकपामा समाहित हुन तयार भएको छ । 

नेकपासँग एकताको विषयमा औपचारिक निर्णय गर्न जसपाले दिउँसो केन्द्रीय कार्यकारिणीको बैठक बोलाएको छ । साढे २ बजे ग्वार्कोमा भेला हुन लागेका जसपाका नेताहरु मध्ये अधिकांश एकताको पक्षमा रहेको बताइन्छ । यद्यपि, कतिपयले भने ‘हतारमा एकता नगरौँ’ भनेको पार्टीकै नेताहरु बताउँछन् । 

एकताको लागि नेकपाका नेताहरु देव गुरुङ र वर्षमान पुनले जसपाका नेताहरुसँग विभिन्न चरणमा छलफल गर्दै आएका छन् । विभिन्न ११ घटक शक्तिले कात्तिक १९ गते एकता घोषणा गरेर नेपाली कम्युनिष्ट पार्टी खोलेका थिए । त्यसयता भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान समेत त्यसमा समाहित भइसकेको छ ।

टिप्पणीहरू