आगामी रणनीति बनाउँदै एमाले

आगामी रणनीति बनाउँदै एमाले

एमाले मुख्यालय च्यासलमा विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक बसेको छ । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा भइरहेको बैठकमा छ दर्जनभन्दा बढी एमाले सांसदको उपस्थिति छ । 

बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, प्रतिनिधिसभा विघटन र त्यसपछिका घटनाक्रम, पार्टीले लिने आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।

भदौ २४ गतेको विध्वंशमा जलाइएको एमाले मुख्यालयमा रंगरोगन पछि आज बैठक राखिएको हो ।
 

टिप्पणीहरू