एमालेकाे ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा हुँदै

एमालेकाे ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा हुँदै

राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्ताको संरक्षणका लागि नेकपा एमालेले गठन गरेको ‘नेसनल भोलेन्टियर फोर्स’ को औपचारिक घोषणा मंसिर ५ गते हुने भएको छ । राजधानीको माइतीघर मण्डलामा एक समारोहका बीच फोर्स घोषणा गर्न लागिएको छ । 

कार्यक्रमको प्रमुख अतिथि पार्टी अध्यक्ष केपी शर्मा ओली रहने एमालेको भातृ संगठन राष्ट्रिय युवासंघले जनाएको छ । पार्टीको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले फोर्स गठनका लागि १५ दिनअघि कार्यदल बनाएका थिए । 

सो कार्यदलको संयोजक पोलिटब्यूरो सदस्य महेश बस्नेत थिए । उक्त कार्यदलले विधान, लोगो, झण्डा, कार्यसमिति, उद्धेश्य र भावी कार्यक्रमसहित फोर्स निर्माण गरेको हो । उक्त फोर्ससहित अब एमालेमा २४ जनसंगठन रहने भएको छ ।

टिप्पणीहरू