एनजिओ कस्ने ठाँउमा ‘मनोज भट्ट’ को नियुक्ति बेवारिस
क्याबिनेट बैठकद्वारा समाज कल्याण परिषद्को सदस्य सचिवमा पुनर्नियुक्ति प्राप्त भनी बधाइ थाप्न थालेका मनोज भट्टलाई बाधा आइपरेको छ । हिजो मन्त्रिपरिषद बैठकले गर्ने निर्णयमा भट्टको नाम छिरे पनि सञ्चारमन्त्री जगदीश खरेलद्वारा आज सार्वजनिक सूचीमा त्यसवारे उल्लेख छैन ।
भट्टलाई अघिल्लो देउवा सरकारका पालामा काङ्ग्रेसकै तत्कालीन महिला,बालबालिका तथा समाजकल्याणमन्त्री उमा रेग्मीको प्रस्तावअनुसार नियुक्त गरिएको थियो । अहिले भ्रष्टाचारको अनेक मुद्दामा मुछिएका उनैलाई दोहोर्याउन जेनजी आन्दोलन हाइज्याक गरेको आरोप खेप्दै आएका "हामी नेपाल" वाला सुदन गुरुङहरु लागिपरेको स्रोतको दावी छ ।
उनले एमाले,माओवादी र काङ्ग्रेसनिकट एनजिओ,आइएनजिओहरुको आम्दानी रोक्ने आकर्षक प्रस्ताव फालेर सुशीला कार्कीको मन जितेको श्रोतको दावी छ । समाज कल्याण परिषदको तालुकवाला महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अहिले प्रधानमन्त्रीसङ्गै छ ।
‘हामी नेपाल’ले विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट परियोजना स्वीकृत नै नगराई र लेखा परीक्षण बिना करोडौं अनुदान प्रयोग गर्दै आएबापत छानबिन प्रक्रिया अघि बढेको बेला पुनः उनैलाई अघि सार्नुमा केही रहस्य पक्कै रहेको बिश्वास गरिएको छ । उनले एमाले,माओवादी र काङ्ग्रेसनिकट एनजिओ,आइएनजिओहरुको आम्दानी रोक्ने आकर्षक प्रस्ताव फालेर सुशीला कार्कीको मन जितेको श्रोतको दावी छ । समाज कल्याण परिषदको तालुकवाला महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अहिले प्रधानमन्त्रीसङ्गै छ । यसअघि जेनजी पुस्ताका रक्षा बमलाई उक्त मन्त्रालयको मन्त्री बनाउन लागिँदा भावना राउतको नाम तेर्स्याएर सुदन गुरुङहरुले भाँजो हालेका थिए ।
हिजोको क्याबिनेट बैठकले पारित गरेको भट्टको नियुक्ति मुख्य सचिवले प्रमाणित नगरेकाले रोकिएको हो । मुख्यसचिव एकनारायण अर्याल मंसिर १० गते अवकाश भएपछि सुशीला कार्की सरकारले उनै भट्टलाई नियुक्त गर्ने सम्भावना प्रवल रहेको स्रोत बताउँछ ।
भ्रष्टाचार बिरोधको जगमा गठित सरकारलाई उनै भ्रष्टले घुमिफिरी कसरी माखेसाँग्लोमा फसाउँछन् भन्ने यो एउटा गतिलो नमूना हो ।
टिप्पणीहरू