विनोद चौधरीलाई अदालतको आदेश: झगडा नगरी मिलेर आउनु

विनोद चौधरीलाई अदालतको आदेश: झगडा नगरी मिलेर आउनु

विघटित प्रतिनिधिसभामा नेपाली काँग्रेसका सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरीलाई उच्च अदालत पाटनले झगडा नगर्न सल्लाह  दिएको छ । आस्था प्रकाशन प्रा.लिविरुद्ध गाली बेइज्जतीको मुद्दा लिएर अदालत गएका चौधरीलाई न्यायाधीशद्वय खडानन्द तिवारी र दीपक खनालको संयुक्त इजलासले मुद्दाको विषयवस्तुलाई हेर्दा मेलमिलाप हुनसक्ने प्रकृतिको पुरानो मुद्दा भएकाले कानुनी झगडा नगर्न आदेश दिएको हो ।

मंसिर १ गते भएको आदेशमा चौधरीलाई मेलमिलापका लागि १५ दिनको म्याद दिइएको छ । उच्च अदालत नियमावली २०७३ को नियम ९३ बमोजिम अदालतको मेलमिलाप केन्द्रमा दुबै पक्ष विपक्षीलाई पठाउन आदेश भएको छ । भनिएको छ, ‘मेलमिलाप भए मिलापत्रसाथ, मिलापत्र हुन नसके प्रतिवेदनसहित दिइएको अवधि भुक्तान भएपछि नियमानुसार पेश गर्नू ।’


 

टिप्पणीहरू