कुलमानलाई धक्का,हितेन्द्रको पुनर्वहाली

कुलमानलाई धक्का,हितेन्द्रको पुनर्वहाली

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न परमादेश दिएको छ ।

विद्युतका पूर्व कार्यकारी निर्देशक कुलमानले मन्त्री बनेर आउनासाथ आफ्ना प्रतिद्वन्द्वी हितेन्द्रलाई केपी शैलीमा जिम्मेवारीबाट हटाएर उर्जा आयोगमा पुर्याएका थिए ।

सुशीला कार्कीको नेतृत्वमा गठित वर्तमान सरकारका कैयन स्वच्छन्द निर्णय विवादमा पर्दै,अदालतबाट रोक लाग्दै आएका छन् । 

त्यसैमध्ये बिचौलिया दिपक भट्टद्वारा बिमा क्षेत्रमा लुट मच्चाउन ओली-देउवाको सहमतिसहित नियुक्त शरद ओझाजस्ता पात्रको हकमा भने भ्रष्टाचारको ह्वास्स गन्ध आउँदा र योग्यता नपुग्दा पनि अदालत नरम बनेका केही अपवादपूर्ण प्रसङ्ग पनि छन् ।

मेरिट र रास्ट्रघातको प्रश्न आउँदा कतिपय सन्दर्भमा श्रीमानहरुले कानुनका दफा हैन देशको बृहत्तर हितलाई प्राथमिकता दिनैपर्ने अवस्था छ ।

टिप्पणीहरू