कीर्तिपुरका पीडितको बुद्धनगरमा आक्रोश

कीर्तिपुरका पीडितको बुद्धनगरमा आक्रोश

बचत फिर्ताको माग गर्दै लामो समयदेखि आन्दोलनरत् सहकारी पीडितहरू पुन: संघर्षमा उत्रिएका छन् । 

कीर्तिपुर नगरपालिका-९ नगाउँ दोबाटोस्थित दर्शन बचत तथा सहकारी संस्थाका पीडितले आज सहकारी विभाग अगाडि धर्ना दिएका हुन् । बुद्धनगरस्थित कार्यालय परिसरभित्र भुइँमा ब्यानर टाँगेर धर्नामा बसेका उनीहरूले 'बचत रकम तत्काल फिर्ता गर', 'जनता मार्न पाईदैन' जस्ता नारा लगाए । 

कन्चन महर्जनको नेतृत्वमा रहेका पाँच दर्जन बढी पीडित बचतकर्ताले तत्काल रकम फिर्ताको ग्यारेण्टी गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले देशभरका सहकारी पीडितलाई एकतावद्ध हुन अपिलसमेत गरे । 

आज बिहान साढे १० बजे दर्शन सहकारी कार्यालय अगाडि भेला भएर बा २ ख ४३४९ र बा २ ख ४३१२ नम्बरको पहेँलो रङको फोर्स गाडी तथा करिब ७ वटा मोटरसाइकलमा बुद्धनगर आएका उनीहरूले माग पूरा नहुँदासम्म आन्दोलन गरिरहने बताएका छन् ।
 

टिप्पणीहरू