नेपाली कम्युनिष्ट पार्टी देशव्यापी एकता सन्देश सभा गर्दै
नेपाली कम्युनिष्ट पार्टीले बृहत कम्युनिष्ट एकीकरणको सन्दर्भमा देशभर पार्टी एकता सन्देश सभाहरू आयोजना गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार मंसिर १२ गतेदेखि शुरु हुने सभा मंसिर २९ गतेसम्म हुने छ ।
जसअनुसार मंसिर १२ गते धनगढीमा सुदूरपश्चिम प्रदेशसभा, मंसिर १३ गते दाङको देउखुरीमा लुम्बिनी प्रदेशसभा, मंसिर १४ गते पोखरामा गण्डकी प्रदेशसभा र मंसिर १७ गते विराटनगरमा कोशी प्रदेशसभा राखिएको छ । त्यस्तै मंसिर १७ गते काठमाडौंमा उपत्यका विशेष प्रदेश सभा, मंसिर १८ गते कर्णाली प्रदेशसभा सुर्खेतमा कार्यक्रम राखिएको छ ।
जानकारी दिएअनुसार संघीय सम्पर्क समन्वय प्रदेशसभा मंसिर १९ काठमाडौंमा, मधेश प्रदेशसभा मंसिर २० गते जनकपुरमा, प्रवासी प्रवेशहरूको संयुक्त भर्चुअल कार्यक्रम मंसिर २१ गते बेलुकी ६ बजे र बागमती प्रदेशसभा मंसिर २३ गते हेटौडामा राखिएको छ ।
मंसिर २६ सम्म प्रदेश कार्यालयहरूको निर्णयअनुसार सबै जिल्लामा एकता सन्देश सभाहरू आयोजना गरिनेछ भने मंसिर २९ गते देशभरका सबै स्थानीय तहमा एकता सम्मेलन हुने कार्यक्रम छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले सबै तहका कार्यालयहरूले कार्यक्रमहरूको आयोजना र व्यवस्थापन सम्हाल्ने जानकारी दिएका छन् ।
टिप्पणीहरू