ओलीको प्रश्न : प्रहरी पनि जेनजी बन्नुपर्ने ?
एमाले अध्यक्ष केपी शर्मा ओलीले बाराको सिमरामा भएको वितण्डाको आपत्ति जनाएका छन् । उनले बारामा भएको घटनालाई जेन जीको नाममा भएको तोडफोड र गैरराजनीतिक ताण्डव भनेका छन् ।
काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै जिल्लाका प्रहरी प्रमुख (एसपी) सन्तोष तामाङलाई प्रहरी हेडक्वार्टर तानिएको सन्दर्भ जोड्दै सोधे, ‘के अब प्रहरी पनि जेन जी बनेर आइदिनुपर्ने हो ?’
ओलीले सिमरामा आयोजित पार्टी निकट युवा भेलामा माओवादी केन्द्र, रास्वपा, राप्रपा लगायतका समूहले जेन जीको नाममा हस्तक्षेप गरेको आरोप लगाएका छन्।
टिप्पणीहरू