अदालतको अवहेलनामा प्रधानमन्त्रीसँग लिखित जवाफ माग

अदालतको अवहेलनामा प्रधानमन्त्रीसँग लिखित जवाफ माग

सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग अदालतको आदेश अवहेलना गरेकोमा लिखित जवाफ मागेको छ । विदेशस्थित ११ मुलुकबाट नेपाली राजदूत फिर्ता बोलाउने सम्बन्धमा कात्तिक १६ गते भएको अन्तरिम आदेशविरुद्ध भोलिपल्ट राजदूतलाई नेपाल डाकिएको सम्बन्धमा प्रधानमन्त्री कार्कीसँग लिखित जवाफ माग गरिएको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको इजलासले उक्त आदेश गरेको हो । कात्तिक १८ गते पेश भएको मुद्दा मंसिर ३ मा मात्रै दर्ता गरी आज पहिलो सुनुवाई तोकिएको थियो । 

अधिवक्तात्रय अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले छुट्टै र अधिवक्ता प्रेम राज सिलवालले छुट्टै निवेदन दायर गरेका छन् । कात्तिक १८ गतेको आदेश उल्लंघन भएको विषयमा प्रधानमन्त्री कार्कीकै प्रत्यक्ष संलग्नता देखिएको भन्दै आदेश उल्लंघनउपर हदैसम्मको सजायको माग गरिएको छ ।

टिप्पणीहरू