फुटेकाे जसपाका दर्जन नेता नेकपामा
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी फुटेको छ । राजेन्द्र प्रसाद श्रेष्ठसहित एक दर्जन नेता नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन लागेका हुन् ।
जसपाले नेकपासँग एकता गर्न श्रेष्ठकै संयाेजकत्वमा वार्ता टोली बनाएको थियो । तर अध्यक्ष राईले तत्काल एकतामा जाने छाँटकाँट नदेखाएपछि पार्टी विभाजन भएको हो ।
नेकपामा समाहित हुन लागेका नेताहरुमा जसपा संघीय परिषद अध्यक्ष श्रेष्ठ, उपाध्यक्षद्वय रणध्वज लिम्बु र परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषदका अध्यक्ष डा. पुष्पराज राजकर्णिकार, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घजुलगायत छन् ।
उनीहरुले भनेका छन्, ‘आन्दोलनपछि विकसित नयाँ परिस्थितिमा ०६२/ ०६३ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धिहरू समेत खतरामा पर्नसक्ने भएकाले विचारमा सामिप्यता रहेको अग्रगामी परिवर्तनका पक्षधर राजनीतिक शक्तिसँग मिलेर उपलब्धिहरूको रक्षा र थप उपलब्धी प्राप्तिका लागि संघर्ष गर्नुपर्दछ भन्ने हाम्रो धारणा रहेको छ ।’
यससँगै नेकपामा गोलबन्द हुने समूहको संख्या १३ पुगेको छ ।
टिप्पणीहरू