जनमतका नेताहरुले राजधानी छाड्दै
जनमत पार्टीले भोलिदेखि देशभर निर्वाचन प्रशिक्षण अभियान सुरु गर्ने भएको छ । आज मध्य बानेश्वरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले कार्यक्रमको तालिका तयार पारेको हो ।
बर्दियाबाट सुरु हुने अभियान बारा पुगेर टुंगिने केन्द्रीय उपाध्यक्ष वसन्तकुमार कुशवाहले जानकारी दिए । उनका अनुसार मंसिर ८ गते बर्दिया, ९ गते बाँके, १० गते कपिलवस्तु, ११ गते रुपन्देही, १२ गते नवलपरासीमा प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ । त्यस्तै १७ गते पर्सा, १८ गते रौतहट, १९ गते सर्लाही, २० गते महोत्तरी, २१ गते धनुषा, २२ गते सिरहा, २३ गते सुनसरी, २४ गते मोरङ र २५ गते झापामा कार्यक्रम आयोजना गरिने बताइएको छ ।
उपाध्यक्ष कुशवाहका अनुसार विभिन्न जिल्लामा हुने कार्यक्रमको व्यवस्थापन सम्बधित जिल्लाका पार्टी समन्वय समितिले गर्नेछन् । मंसिर २८ गतेदेखि भने पार्टीले चुनावी सभा सुरु गर्नेछ । चुनावी सभामा पार्टी अध्यक्ष डा. सिके राउतको उपस्थिति रहने पनि बताइएको छ ।
टिप्पणीहरू