एनपिएलः विराटनगरकाे लगातार तेस्राे जित
नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा विराटनगर किंग्सले लगातार तेस्रो जित निकालेको छ । १३६ रनको लक्ष्य पाएको जनकपुर बोल्ट्सले पुरा ओभरमा नौ विकेट गुमाउँदै १२६ रन मात्रै बनाएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले औसत रनको लक्ष्य दिए पनि जनकपुर बोल्ट्सले अपेक्षित प्रदर्शन गर्न सकेन । जनकपुरको लागि कप्तान आसिफ शेखले १३ रन बनाउँदा लोफ्टी इटनले सर्वाधिक ४१, लाहिरु मिलन्थाले २३, सञ्जय कृष्णमूर्तिले २० रन जोडे । विराटनगरका लागि सन्दीप लामिछानेले चार विकेट लिँदा सूर्य तामाङले दुई, शुभम रञ्जाने र मर्चेन्ट डि लांगेले एक एक विकेट लिएका हुन् हुन् ।
त्यसअघि विराटनगरका लागि बसिर अहमदले ३६, लोकेश बमले २८, शिवम रन्जानेले ३७, जर्ज मुन्सेले १० र गुप्टिल मार्टिनले १३ रन बनाएका थिए ।
टिप्पणीहरू