अध्यक्ष उम्मेद्वारीमा ईश्वर पोखरेलको घोषणा
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनको लागि अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । उनले आज एक लामो वक्तव्य जारी गर्दै मंसिर २७,२८ र २९ गते हुने ११औं राष्ट्रिय महाधिवेशनको लागि औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् ।
पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अभिभावकीय भूमिकामार्फत् निकास दिन पनि आग्रह गरेका छन् । ‘ ...पार्टी निर्माण सम्बन्धी माथि उल्लेखित विचारको आधारमा ११औं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारको रुपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु’, पोखरेलले भनेका छन्, ‘पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरीका साथीहरुले गर्नुभएकोआग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ।’
देशभरका जिल्लामा महाधिवेशन प्रतिनिधि छनोटको तयारी चलिरहेकोमा सबैलाई विवेक पुर्याउन पनि पोखरेलको आग्रह छ । उनले थपेका छन्, ‘यो ऐतिहासिक जिम्मेवारीलाई सबैले मनन गरौँ, आन्तरिक लोकतन्त्र समृद्ध भएको पार्टीले मात्र लोकतान्त्रिक समाजको निर्माण र नेतृत्व गर्नसक्छ ।’
वरिष्ठ उपाध्यक्ष पोखरेललाई उपाध्यक्षहरु सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यलगायतले साथ दिएको बताइन्छ । सचिवहरु गोर्कण विष्ट र योगश भट्टराई, पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा, स्थायी समिति सदस्य कर्ण थापासहितका नेताहरू पनि पोखरेलको पक्षमा खुलिसकेका छन् ।
टिप्पणीहरू