लुम्बिनीमा निर्वाचन केन्द्रित सुरक्षा गोष्ठी
आगामी फागुन २१ गतेलाई तोकिएको निर्वाचनलाई केन्द्रमा राखेर लुम्बिनी प्रदेशमा सुरक्षा गोष्ठी आयोजना गरिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आज भैरहवामा प्रदेशस्तरीय गोष्ठीको उद्घाटन गरे । निर्वाचन सम्पन्न गर्न सरकार सरकार प्रतिबद्ध रहेको बताउँदै उनले राजनीतिक दलहरूलाई पनि जिम्मेवारी बोध गर्ने आग्रह गरेका छन् ।
जेनजी प्रदर्शनपछिको त्रासदपूर्ण अवस्थालाई पार लगाउन सरकार सफल भएको गृहमन्त्री अर्यालको दाबी छ । जेनजी प्रदर्शनमा लुटिएका सुरक्षाकर्मीको हतियार धेरैजसो फिर्ता ल्याइसकेको र ठूलो संख्यामा कैदीबन्दी पनि फर्काइएको जानकारी दिए ।
गृहसचिव रामेश्वर दंगालको अध्यक्षतामा सम्पन्न गोष्ठीमा सुरक्षा निकायका प्रमुख, लुम्बिनी प्रदेश तथा प्रदेशस्थित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको उपस्थिति थियो । सरकारले निर्वाचन सुरक्षालाई लक्षित गर्दै सातै प्रदेशमा सुरक्षा गोष्ठी गर्दैछ ।
टिप्पणीहरू