काठमाडौं-३ मा कुलमान !

काठमाडौं-३ मा कुलमान !

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ३ बाट उम्मेद्वार बन्ने सम्भावना देखिएको छ । रामेछाप गृह जिल्ला भए पनि घिसिङले हालै मतदाता नामावलीमा आफू बस्दै आएको क्षेत्रमा सारेका हुन् । 

घिसिङले खोलेको भनिएको उज्यालो नेपाल पार्टीले पनि काठमाडौँ क्षेत्र नम्बर ३ लाई प्राथमिकतामा राखेर चुनावी गतिविधि गरिरहेको बुझिएको छ । चुनावको संघारमा पदबाट राजीनामा दिएर पार्टीमा सक्रिय हुने घिसिङको तयारी रहेको जानकार स्रोत बताउँछ । 

०७९ को निर्वाचनमा उक्त क्षेत्रबाट नेपाली कांग्रेसका नेता सन्तोष चालिसे १५,१५८ मतसहित निर्वाचित भएका थिए । त्यतिबेला चालिसेका मुख्य प्रतिस्पर्धी एमाले नेता कृष्णबहादुर राईले ११,१९६ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ५,८६५ मत ल्याएका थिए । 

उक्त क्षेत्रमा घिसिङले राम्रो माहोल बनाउँदै गएकाे बताइन्छ ।
 

टिप्पणीहरू