विराटनगरविरुद्ध चितवन राइनोजकाे ब्याटिङ
नेपाल प्रिमियर लिगको दोस्रो संस्करण अन्तर्गत आजको खेलमा चितवन राइनोजले ब्याटिङ गर्दैछ । टस जितेको विराटनगर किंग्सले पहिला फिल्डिङ रोजेको हो ।
सन्दिप लामिछाने मार्की खेलाडी रहेको विराटनगरले चौथो खेल खेल्न लागेको हो । हालसम्म अपराजित रहेको विराटनगर ६ अंकसहित शीर्ष दोस्रो स्थानमा छ ।
कुशल मल्ल मार्की खेलाडी रहेको चितवनको भने यो तेस्रो खेल हो । यसअघि दुई खेल खेलेकोमा एक खेल हारेको थियो । हालसम्म २ अंक जोडेको चितवन पाँचौ स्थानमा छ ।
दुवै टिमले आजको खेलमा एक एक खेलाडी परिवर्तन गरेका छन् ।
टिप्पणीहरू