अशोक, राजेन्द्र र रेशमको यौटै चिन्ह
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, रेशम चौधरीको नागरिक उन्मुक्ति र राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीले आगामी निर्वाचनमा यौटै चुनाव चिन्ह प्रयोग गर्ने भएका छन् ।
यसअघि नै कार्यगत एकताको घोषणा गरेका तीन पार्टीका शीर्ष नेताले निर्वाचन आयोगमा पुगेर साझा चिन्हका लागि निवेदन दिएका हुन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि दल दर्ता गर्ने अन्तिम दिन आज अपराह्न राई र महतोसहितको टोली बहादुर भवन पुगेको थियो ।
उनिहरुले आयाेगकाे कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईसँग छलफल गरेको बताइएको छ ।
तीन दलबीच मङ्सिर ७ गते नाउपाले अहिले प्रयोग गर्दै आएको जाँतो (चक्रिया) चुनाव चिन्हलाई साझा चिन्हका रूपमा प्रयोग गर्ने सहमति भएको थियो ।
टिप्पणीहरू