सुदूरपश्चिमले पायो १४४ रनको लक्ष्य

सुदूरपश्चिमले पायो १४४ रनको लक्ष्य

नेपाल प्रिमियर लिगको आजको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १८ ओभरमा अल आउट हुँदै १४३ रन बनाएको हो । 

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३६ बलमा तीन चौका प्रहार गर्दै ३५ रन बनाउँदा दिलिप नाथले ३१ रन बनाए । अन्य खेलाडीहरु झिनो रनसहित आउट भएका हुन्। सुदूरपश्चिमको उत्कृष्ट बलिङ र फिल्डिङले लुम्बिनीलाई रोक्न सहज बन्याे ।

अब सुदूरपश्चिमले जवाफी ब्याटिङ गर्दैछ ।

टिप्पणीहरू