पार्टीमा मन्त्रीको पदार्पण, हिरोइनको नयाँ लुक्स

पार्टीमा मन्त्रीको पदार्पण, हिरोइनको नयाँ लुक्स

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको समर्थनमा खुलेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा गरिएको छ । 

आज राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम आयोजना गरी पार्टी घोषणा गरिएको हो । पूर्व उर्जा सचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा गठन भएको उक्त पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाइसकेको छ । 

कार्यक्रममा मन्त्री घिसिङ, अध्यक्ष उपाध्याय, केन्द्रीय सदस्य रिमा विश्वकर्मासहित अन्य पदाधिकारी र समर्थकको बाक्लो उपस्थिति छ । कार्यक्रममा सबैले हरियो टोपी लगाएको देखिन्छ ।

 कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य विश्वकर्माले लोडसेडिङ अन्त्य भएसँगै आफू कुलमानको कार्यशैलीको शुभचिन्तक बनेको बताइन् । अब आफू पनि भ्रष्टाचार र बेथितिविरुद्ध डटेर लाग्ने उनको प्रतिबद्धता छ । 

सामान्यतया फेशनेबल पोशाकमा देखिने उनी आज भने साडी लगाएर नेतृको अावरणमा प्रस्तुत भएकी छन् ।

टिप्पणीहरू