निलम्बित एमाले नेताहरूको आरोप : सहमतिपछि कारबाही

निलम्बित एमाले नेताहरूको आरोप : सहमतिपछि कारबाही

नेकपा एमाले कोशी प्रदेशले सल्लाहकार परिषद् सदस्य बलबहादुर साम्सोहाङ र प्रदेश पर्यटन विभाग सचिव मणीशंकर पोमूलाई पदमुक्त गर्दै पार्टी सदस्यता समेत निलम्बन गरेको छ । ताप्लेजुङ जिल्ला कमिटीको सिफारिसमा कारबाहीपछि १५ दिनभित्र स्पष्टिकरण पेश गर्न प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले पत्र लेखेका हुन् ।

दुवै नेतामाथि ११औँ महाधिवेशन प्रतिनिधि छनोटका क्रममा निर्वाचन समिति संयोजक राजकुमार चुँडालमाथि सांघातिक हमला गरेको र निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याएको आरोप छ। 

यसबीच, साम्सोहाङ र पोमू दुवैले आफूहरूमाथि भएको कारबाही अन्यायपूर्ण रहेको प्रतिक्रिया दिएका छन्। साम्सोहाङका अनुसार, ‘हामीले पार्टी संगठनमा धेरै काम गरेका छौं। मिलेर जानुपर्छ भन्ने भनाइ बीचमै पनि हाम्रो पक्षमा न्याय भएन। मणीशंकर पोमू घाइते छन्, तर उल्टै हामीमाथि कारबाही गरियो।’

उनले विवादपछि सहमति हुनासाथ कारबाही लागु गरिएको भन्दै प्रक्रिया नै विपरित भएको आरोप लगाए। ‘कारबाहीको दण्ड पहिले चलेको भए सहमति हुने थियो’ साम्सोहाङले भने।

टिप्पणीहरू