फाउन्डेसन खोल्न कलाकारहरूको होडबाजी

फाउन्डेसन खोल्न कलाकारहरूको होडबाजी

अभिनेता पल शाहले ‘हामी छौँ’ नामक फाउन्डेसन सुरु गरेका छन् । उनले एक विद्यालयमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेर फाउन्डेसनको औपचारिक उद्घाटन गरेका हुन् । 

‘हामी छौँ’ फाउन्डेसनमार्फत् आर्थिक अभावमा उपचारबाट बञ्चित हुँदै आएका विरामीहरुलाई सहयोग गर्ने पलको योजना छ । उनले आफ्नो कमाईको १० प्रतिशत रकम फाउन्डेसनमार्फत् दुर्गम जिल्लाका विरामीहरुलाई सहयोग गर्ने बताएका छन् । 

उता अभिनेत्री एलिजा गौतमले पनि फाउन्डेसन खोलेर विभिन्न विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक साम्रागी वितरण गरिरहेकी छन् । खासगरी उनले जनादेश पार्टी खोलेपछि फाउन्डेसनको गतिविधिलाई तिव्रता दिएको देखिन्छ। 

चुनावको संघारमा कलाकारहरु मनकारी बन्ने प्रवृत्ति पुरानै रहेको चलचित्र समीक्षकहरुको विश्लेषण छ ।

टिप्पणीहरू