एनपिएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले ब्याटिङ गर्दै

एनपिएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण अन्तर्गत पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयन्स ब्याटिङ उत्रिएको छ । विराटनगरले टस जितेर पहिला बलिङ रोजेको हो । 

सात खेलमा ६ जित हात पार्दै पहिलो स्थानमा रहेको सुदूरपश्चिम र ५ जितसहित दोस्रो स्थानमा रहेको विराटनगरमध्ये आजको खेल जित्ने टिम फाइनलमा प्रवेश गर्नेछ । भने, पराजित हुने टिम इलिमिनेटरको विजेता टिमसँग दोस्रो क्वालिफायर खेल्नेछ । 

इलिमिनेटरको लागि भोलि लुम्बिनी लायन्स र काठमाडौँ गुर्खाज मैदानमा उत्रिदैछन् ।

टिप्पणीहरू