घण्टीघरमा रातभर ल्हासोमको धर्ना

घण्टीघरमा रातभर ल्हासोमको धर्ना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय (घण्टीघरमा) हिजाे रातभर धर्ना दिइएकाे छ । हुम्ला जिल्ला सभापति लरजित परियार र नेता गणेश पाण्डेसहित प्रतिनिधि पार्टी केन्द्रीय कार्यालयमा धर्ना बसेका हुन् ।

हिजो शुक्रबार बेलुकीदेखि उनीहरू रातभरि चःमतिस्थित पार्टी केन्द्रीय कार्यालयमा धर्नामा रहेको बुझिएको छ ।

पार्टीले बनाएकाे समानुपातिक सूचीमा कर्णालीकाे प्रतिनिधित्व नभएकाे र टासी ल्हाजाेमकाे नाम सूचीबाट हटाइएकाे भन्दै आक्राेशित नेता,कार्यकर्ता हिजाे बेलुकीदेखि शनिबार बिहान पनि धर्नामै रहेको हुम्ला सभापति परियारले  जनआस्थालाई बताए ।

पाण्डेले भने 'टासी ल्हाजोमले फिर्ता लिनुभएको छैन । तर पार्टीले आफै झिकिदिएछ । कर्णालीको प्रतिनिधित्व पनि भएन । त्यसकारण नेतृत्वको ध्यानाकर्षण गराउन हामी यहाँ रातभर जाग्राम बस्यौं,'।

बुधबार रास्वपाले समानुपातिक सूचीबाट टासीको नाम हटाएको थियो । आदिवासी जनजाति क्लस्टरमा उनको नाम थियो । टासी आफैले भने सूचीबाट नाम फिर्ता नलिएको बताएकी छन् । 

साथै आफूमाथि आरोप लागेजसरी फ्रि​​​​​तिब्बतसँग कुनै संलग्नता भेटिए प्रमाण देखाउन चुनौती दिएकी थिइन् । 'फिर्ता हुने प्रक्रियामा सहभागी भएको छैन । बारम्बार भन्दै आएकी छु- म तिब्बती नागरिक होइन । म फ्रि तिब्बतको अभियानमा कुनै पनि तवरबाट संलग्न भएकी छैन । मेरा प्रेमी तिब्बती होइनन्,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्।

‘मलाई समानुपातिक सूचीबाट हटाइएको हो भने यसबारे डिपी अर्यालसँग कुरा गर्नुहोस् न है ! मलाई सोधिएको छैन । मसँग कुरा पनि भएको होइन !"

यसअघि रास्वपा प्रवक्ता मनिष झाले नेताहरूसँग छलफल गरी नाम फिर्ता लिइएको बताएका थिए ।

टासीले नेतृत्वले आफूसँग कुनै सल्लाह नगरिएको बताइन् । यसबारे आफूलाई थाहा नभएको भन्दै उपसभापति डिपी अर्याललाई (डोलप्रसाद) लाई सोध्न आग्रह गरिन्।

‘मलाई समानुपातिक सूचीबाट हटाइएको हो भने यसबारे डिपी अर्यालसँग कुरा गर्नुहोस् न है ! मलाई सोधिएको छैन । मसँग कुरा पनि भएको होइन !"

टिप्पणीहरू