लोकभजनमा मालारानीको प्रवर्द्धन

लोकभजनमा मालारानीको प्रवर्द्धन

धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको अर्घाखाँचीको मालारानी क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको ‘मालारानी’ लोकभजन सार्वजनिक भएको छ । 

स्थानीय आस्था, संस्कृति र प्राकृतिक सौन्दर्यलाई गीत–संगीतमार्फत उजागर गर्ने लक्ष्यले भजन बनाइएको हो । सुमन खनालको परिकल्पनामा तयार भएको उक्त भजनमा लोकप्रिय गायक तथा सर्जक मोतिराज खनालको शब्द, संगीत र स्वर छ । गायिका सुनितामी परियारले पनि मालारानी भजनमा स्वर दिएकी छिन् । 

संगीत संयोजन महेन्द्र भण्डारीले गरेका हुन् भने भजनको शब्द संयोजन गर्ने जनार्दन खनाल हुन् । सान्सा फिल्मको प्रस्तुति तथा मालारानी गाउँपालिकाको सहयोगमा निर्माण भएको म्युजिक भिडियोमा कलाकारहरु सुरबिर पण्डित, सर्मिला शर्मा, सुस्मिता बुढाथोकी, शोभाखर खनाल र राजेन्द्र रानाको अभिनय रहेको छ । 

भिडियोको निर्देशन सुरज खनालले गरेका छन् । उनले मालारानीको धार्मिक महत्व र जीवनशैलीलाई कलात्मक रुपमा प्रस्तुत गरेका छन् ।

टिप्पणीहरू