एमालेबाट असन्तुष्ट मन्जु स्वतन्त्र उम्मेदवार

एमालेबाट असन्तुष्ट मन्जु स्वतन्त्र उम्मेदवार

आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन व्यवसायी मञ्जु मिश्र स्वतन्त्र रुपमा लड्ने भएकी छन् । 

एमाले निकट मानिने अधिवक्ता मिश्र एमालेमा देश र जनताप्रति देखिएको गैरजिम्मेवारीले गर्दा आफू चुनावमा होमिन लागेको बताउँछिन् ।

समाजशास्त्र,मानवशास्त्र र कानुनशास्त्रमा स्नातकोत्तर मिश्रले कैलाली जिल्लामा समाजसेवी, पत्रपत्रिकामा लेख्ने लेखकका रुपमा समेत परिचय बनाएकी छन् ।

पुरानो पुस्ताले आफै नेतृत्व नछोडेकोले हस्तक्षेपबाट युवा पुस्ताले आफ्नो नेतृत्व स्थापित गर्ने सोच राखेकी मिश्र सुदूरपश्चिमलाई गरिबीबाट मुक्त पार्ने, पछाडि परेको वर्गलाई उठाउने,सुशासन कायम गर्न रणनीति बनाउने,छाउपडी, कमैया,कम्लहरीजस्ता कुप्रथा व्यवहारिक रुपमै हटाउने भन्छिन् ।

अधिवक्ता मिश्रले हिन्दु राष्ट्र राख्ने,प्रदेश हटाउने,स्थानीय तहलाई बलियो बनाउने कुरालाई पनि चुनावी मुद्धा बनाउने बताइन् । उनलाई पत्रकारिता र साहित्यिक क्षेत्रमा मञ्जु मिश्र रोशीका रुपमा चिन्नेहरु पनि छन् ।

घोडाघोडी नगरपालिका वडा नम्बर १० की स्थायी बासिन्दा मिश्रले घोडाघोडी नगरपालिकाको ५१ विद्यालयका प्रधानाध्यापक फेर्ने निर्णयविरुद्ध अदालत गएर निर्णय फिर्ता लिन बाध्य पारेकी थिइन् ।

टिप्पणीहरू