हिउँमा रमाउँदै साइबेरियन बाघ (फोटो फिचर)

हिउँमा रमाउँदै साइबेरियन बाघ (फोटो फिचर)

डिसेम्बर महिना लागेपछि चीनको उत्तरपूर्वी हेइलोङचियाङ प्रान्तको हार्पिनस्थित साइबेरियन टाइगर पार्क हिउँले ढाकिएको छ । रुस, चीन, मंगोलिया, उत्तर कोरियाका भूमागमा पाइने साइबेरियन बाघ हिउँ परेपछि निकै रमाउने गर्छन् ।

चीनको साइबेरियन टाइगर पार्कभित्रका साइबेरियन बाघहरू पनि रमाएको देखिन्छ । हालैको बाक्लो हिमपातले पार्कमा शीतकालीन सौन्दर्य थपेको भन्दै सिन्ह्वाका फोटो पत्रकार चाङ थाओले खिचेका यी दृश्य निकै मनमोहक देखिन्छ ।

विश्वमा यो प्रजातिको बाघको संख्या मुश्किलले सात सयको हाराहारीमा रहेको अनुमान छ । चीनमा पुग नपुग एक सय रहेको बताइन्छ ।

स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू