नयाँ सत्ता समीकरणको खेल शुरु

सत्तारुढ दल नेकपा औपचारिक रुपमा विभक्त भएपछि सत्ता समीकरणको खेलसँगै प्रारुप पनि कोर्न थालिएको छ ।

त्यहि क्रममा भर्खरै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालसहितको टोलीले खुमलटारमा छलफल गरेको छ ।

उता, त्यहि खेलको अर्कोतर्फ बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री रामबहादुर थापा बादललगायत माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुले समेत आफ्नो भविष्य र समीकरणको निम्ति नयाँ कोणबाट भर्खरै छलफल थालेका छन् ।

प्रचण्ड काङ्ग्रेस नेताहरुसङ्ग छलफलपछि आफ्नो पार्टीको बैठकमा सामेल भैसक्नुभएको छ ।

टिप्पणीहरू