भारतीय बाइक,अमेरिकी बन्दूक र नेपालको बाटो

भारतीय बाइक,अमेरिकी बन्दूक र नेपालको बाटो

सर्लाहीमा अवैध हतियारसहित एक जना पक्राउ परेका छन् । प्रहरीले चन्द्रनगर गाउँपालिका-२ का त्रिभुवन बैठालाई मेड इन युएसए लेखिएको १ थान पेस्तोल, सोको ४ राउण्ड गोली र १ थान म्याग्जिनसहित समातेको हो ।

उनलाई ईश्वरपुर नगरपालिका-१२ कालिन्जोर चोकबाट बिहीबार साँझ समातेको प्रहरीले जनाएको छ ।

भारतीय नम्बर बिआर ३० जेड ६५४८ को मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले मोटरसाइकल चालक बैठाको साथबाट उक्त हतियार भेट्टाइएको हो ।

मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४० वर्षीय रामकेवल महतो फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू