बालुवाटारको डिनरमा किन उठ्यो जेनेटिक मेमोरीको प्रसङ्ग ?

बालुवाटारको डिनरमा किन उठ्यो जेनेटिक मेमोरीको प्रसङ्ग ?

बिहीबार राती बालुवाटारमा डिनर वार्ताको लागि बोलाइनुभएका एमाले उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीले लिनुभएको बदलाको भावनालाई रोक्न गौतम बुध्द र उनका उपदेशको सबिस्तार चर्चा गर्नुभएको स्रोतले बताएको छ । गौतमको भनाई उद्धृत गर्दै स्रोत भन्छ ‘तपाईं खालि ठोक्ने कुरा गर्नुहुन्छ । बदलाको भावनाले काम गर्ने जो कोही सबैभन्दा खराब हुन्छन् ।’

बुध्दको भनाई उल्लेख गर्दै गौतमले प्रधानमन्त्रीलाई सम्झाउने भाषामा भन्नुभएको थियो ‘आफ्ना विरुद्ध जतिसुकै ठूला योजनामा लागेका हुन् वा मार्न लागेका,जेसुकै गरेका हुन्,महान व्यक्तिले महसुस गरे भने त्यो क्षमा हुन्छ । त्यो जमानामा पनि त्यस्तो सन्देश दिएर एउटा व्यक्ति अन्तमा गौतम बुध्द भएका थिए ।’

प्रधानमन्त्रीेले बारम्बार भन्ने गर्नुभएको पुर्खाहरुको जेनेटिक मेमोरीको पनि बालुवाटारमा डिनरसँगै चर्चा चलेको थियो । प्रधानमन्त्रीले केही समयदेखि पुर्खाहरुको जेनेटिक निरन्तरता भन्दै आउनुभएको छ । त्यसैलाई आधार मान्दै नेता गौतमले भन्नुभएको थियो ‘बुुध्द पनि तपाईं र मेरा पुर्खा हुन् । अहिले उनको जेनेटिक सन्तति खोई ?’
प्रधानमन्त्रीलाई उहाँले हाम्रो पुर्खाको जेनेटिक मेमोरी खोज्न पनि आग्रह गर्नुभएको थियो ।

बुध्दको विचारमा जेनेटिक मेमोरी छ भन्ने हो भने उहाँले बदलाको भावनालाई अमानवता भन्नुभएको छ । जसले बदलाको भावना नराखिकन मानिसलाई आफ्नो पक्षमा ल्याउन सक्छ, आफ्ना गल्ती कमजोरीलाई स्वीकारेर अरुलाई पनि त्यो बाटोमा ल्याउन सक्छ त्यो नै बोधिसत्व हुने गौतमको भनाई थियो । त्यहि प्रसंगमा गौतमले प्रधानमन्त्री ओलीलाई भन्नुभयो ‘तर तपाईं बदलाको भावनाले काम गरिरहनुभएको छ । अनि यो बुध्दको जेनेटिक मेमोरी हो ?’

टिप्पणीहरू