उपत्यकामा निषेधाज्ञा ‘कन्फर्म’

उपत्यकामा निषेधाज्ञा ‘कन्फर्म’

काठमाण्डौँ उपत्यकामा बिहीबार मध्यरातदेखि निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला प्रशासन कार्यालय,काठमाण्डौँका सीडीओ कालीप्रसाद पराजुली, ललितपुरका सीडीओ द्रोण पोखरेल र भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराईबीच उपत्यकामा निषेधाज्ञा लगाउने विषयमा छलफल भएको उच्च स्रोतले जनाएको छ ।

निषेधाज्ञा आगामी बिहीबारदेखि जारी गर्ने बिषयमा छलफल भएको छ । जसअनुसार अत्यावश्यकबाहेकका सबै सेवा बन्द तथा सार्वजनिक यातायात समेत बन्द हुने छन् ।

स्रोतका अनुसार कार्यालयका कर्मचारीहरूसमेत कार्यालय जाँदा र फर्कंदाको अवस्थामा बाहेक बाहिर निस्कन पाउने छैनन् ।

निषेधाज्ञा पहिलो चरणमा एक साता लामो हुने छ ।

टिप्पणीहरू