मास्क नलाउनेलाई ठाउँको ठाउँ मास्क

मास्क नलाउनेलाई ठाउँको ठाउँ मास्क

मास्क नलगाई हिंड्नेलाई भाटे कार्वाही, उठबस गराउने र जरिवाना तिराउने चलनलाई पन्छाउँदै उदयपुरका प्रहरीले नयाँ अभ्यास गरेका छन् । हिजो यहाँका प्रहरी प्रमुख भीमबहादुर दाहालले मास्क नलगाई सदरमुकाम गाईघाट बजारमा लखर लखर हिंडेकाहरूलाई वीच बाटोमा राेकेर मास्क वितरण गरेका छन् ।

उनलेे मास्क लगाउँदा काेराेनाबाट आफू बच्ने र अरूलाई पनि बचाउन सकिन्छ भन्दै मास्क नलगाउनेलाई लाजगाल पारेका थिए । याे अभियान सचेतनाका लागि आवश्यक भएको बताउँदै कानुनको प्रयाेगभन्दा कहिलेकाहीँ सामाजिक व्यवहार प्रभावकारी हुने राय एसपी दाहालले दिए ।

उनीसँगै अन्य प्रहरी अधिकृत र ट्राफिक पनि याे अभियानमा सरिक भएका थिए । प्रहरीले हिजो २०० जनालाई मास्क वितरण गरेको थियोे ।

टिप्पणीहरू