आज पनि ३३ को मृत्यु, ५ हजार ६ सयबढी संक्रमित
कोरोना महामारीका कारण पछिल्लो २४ घण्टामा ३३ जनाको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित सिट रिपमा ५ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ३ सय ९१ पीसीआर परिक्षण गरिएकोमा ५ हजार ६ सय ५७ तथा ५ सय २५ जनाको एन्टिजेन परिक्षणबाट ७० जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या ३८ हजार ८ सय १३ पुगेको छ ।
टिप्पणीहरू