अरुण आयोजनाको सुरुङभित्र १ जनाको मृत्यु

अरुण आयोजनाको सुरुङभित्र १ जनाको मृत्यु

अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस सुरुङभित्र ढुङ्गामाटो खस्दा एक जनाको मृत्यु भएकोे छ ।

चिचिला गाउँपालिका–३, पुखुवास्थित पावर हाउस सुरुङभित्र कामदारहरूले रड ओसार्ने क्रममा सुरुङमार्गको माथिल्लो भागबाट ढुङ्गामाटो खस्दा चोट लागेर कञ्चनपुर शुक्लाफाँटाका ३७ वर्षीय कृष्ण रानाको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा घाइते भएका सोही ठाउँका ५० वर्षीय मिठु रानाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू