सरकार,बृध्दा बिरामीलाई ८ दिन अक्सिजनको एक लाख ?

सरकार,बृध्दा बिरामीलाई ८ दिन अक्सिजनको एक लाख ?

कोरोना महामारीको भयावह रुप एकातिर छ,अर्कोतिर अस्पताल र स्वास्थ्य संस्थाहरु बिरामीसँग ब्रम्हलुट गर्न तल्लिन छन् ।

यसैबीच वीरगञ्जमा एक जना कोरोना संक्रमित बिरामीले आठ रात अस्पतालमा बसेर अक्सिजन लिएवापत १ लाख १ हजार रुपैयाँ तिरेकी छन् । शुरुमा ८० हजार डिपोजिट नलिई उक्त अस्पतालले उर्मिलालाई भर्ना लिनै मानेको थिएन ।

एक जना कोरोना संक्रमित बिरामीले “आठ रात अस्पतालमा बसेर अक्सिजन लिएवापत १ लाख १ हजार रुपैयाँ तिरेकी छन् । शुरुमा ८० हजार डिपोजिट नलिई उक्त अस्पतालले उर्मिलालाई भर्ना लिनै मानेको थिएन ।”

सबै हिसाब जोडेर सर्लाहीकी ६५ बर्षिया उनले अस्पताललाई १ लाख ९६ हजार ७ सय रुपैयाँ बुझाएकी हुन् । वीरगञ्जस्थित प्रभु हस्पिटल एण्ड रिसर्च सेण्टरमा बिरामी उर्मिला देवीले भोगेको उक्त पीडा एकातिर छ ।

तर,राज्यको महत्वपूर्ण पदमा बसेकाहरुले अक्सिजन सिलिण्डरमा नाम लेखाउँदै प्रचार गर्न थालेका छन् । त्यसरी अक्सिजनमा नाम र फोटो टाँसेर वितरण गर्नेमा पहिलो भएका छन् वनमन्त्री प्रेमबहादुर आले । आले उनै हुन् जसले केही समय पहिले रुखले कार्बनडाइअक्साइड दिन्छ भनेर भाषण गरेका थिए ।

त्यसैगरी कोरोनाबाट दैनिक सयौंको निधन हुन थालेपछि पशुपतिमा दाहासंस्कार गर्न दाउरा अभाव नहुने भनेर विवादास्पद अभिव्यक्ति दिएका थिए ।

टिप्पणीहरू