राजधानीमा सरकारविरुद्ध बृहत नागरिक समाजको प्रदर्शन
किर्तिपुर नगरपालिका–१० स्थित लोकतान्त्रिक चोकमा स्वतन्त्र बृहत नागरिक समाजले सरकारविरुद्ध प्रर्दशन गरेको छ ।
समाजका अभियन्ता नारायण वाग्लेलगायत दर्जनौंको उपस्थितिमा विभिन्न नारा लगाउँदै बिरोध प्रदर्शन गरिएको हो ।
कार्यक्रममा सहभागीहरुले सरकारसँग निःशुल्क स्वास्थ्य, शिक्षाको माग गर्दै गास, बास र कपासको व्यवस्था गर्न नारा लगाएका थिए । उनहहरुले बेरोजगारी भत्ताको व्यवस्था गर्न र किसानलाई राहत दिनसमेत माग गरेका छन् ।
यस्तै खुल्ला सीमाना नियन्त्रण गर, सबै नेपालीलाई नागरकिताको ग्यारेन्टी गर, केचनादेखि कालापानी, मुस्ताङदेखि मर्चबार हामी सबै परिवार भन्ने नारा पनि लगाइएको कार्यक्रमका सहभागीले प्लेकार्ड बोकेर प्रदर्श गरेका थिए ।
टिप्पणीहरू