आकस्मिक परीक्षणमा भटाभट कोरोना संक्रमित
काठमाण्डौँ महानगरपालिकाले आजबाट समुदाय स्तरमा एन्टिजेन परीक्षण शुरु गर्दा ठाउँ ठाउँमा संक्रमितहरु फेला परेका छन् ।
महानगरका ३२ वटै वडामा कोभिड–१९ संक्रमणका बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका, कोभिडको लक्षण फेला परेका, अग्रपंक्तिमा खटिएर काम गरिरहेका ब्यक्तिहरुको आजबाट परीक्षण शुरु भएको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरिबहादुर कुँवरले बताए ।
वडा नं.१४,१५,१६,३१ र ३२ मा आज परीक्षण भएको हो । ११ः०० बजेबाट शुरु भई सवा १ मा समाप्त भएको परीक्षणबाट महानगरपालिका १४ स्थित भुवनेश्वरी मन्दिरको चौरमा ११७ जनामध्ये ५ जनालाई कोरोना पोजिटिभ देखापरेको छ ।
त्यस्तै,वडा नं. १५ स्थित भगवान पाउमा जम्मा १३२ जनाको परीक्षण गर्दा १० जनलाई कोरोना पोजेटिभ देखापरेको बताइएको छ । भोलि वडा नं. ३,६,१०,१३ र ३० मा परीक्षण हुने छ ।
टिप्पणीहरू