डाक्टरी पढ्नेलाई ‘नफुट्ने टाउको र नभाँचिने हातगोडा पाउन सल्लाह ’

डाक्टरी पढ्नेलाई ‘नफुट्ने टाउको र नभाँचिने हातगोडा पाउन सल्लाह ’

कोरोना महामारीको अग्रपंक्तिमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुप्रति दुर्व्यवहारका घटना हुन थालेका छन् ।

भेरी अस्पतालमा स्वास्थ्यकर्मीहरुमाथि भएको आक्रमणप्रति व्यंग्य गर्दै डा. सन्दिप घिमिरेले स्वदेशमा बसेर केही गर्छु भन्ने चिकित्सकहरुलाई सामाजिक सञ्जालमा सल्लाह दिएका छन् ।

बिरामीका आफन्तलाई रिस उठ्ने बित्तिक्कै नजिकैका डाक्टर र नर्सलाई चुट्न थालेपछि उनले डाक्टरहरुलाई स्वदेशमा बस्ने भए स्पातिलो ज्यान बनाएर बस्न सुझाव दिएका छन् ।

मुक्का हान्दा नदुख्ने शरिर,लाठी बर्साउँदा नफुट्ने टाउको र भाग्दा लडेर नभाँचिने हातगोडा लिएर मात्र नेपालका अस्पतालमा खटिनु अन्यथा आफ्नै शरिरको भर नहुने उनको सुझाव छ ।

भेरी अस्पतालको घटना उद्धृत गर्दै उनले भर्खर एमबीबीएस सकेका र सक्न लागेका भाइ–बहिनीहरुलाई सल्लाह दिएका छन् ‘नेपाल बस्छु भनेर सोच्ने गल्ती नगर,पछि पछुतो हुन्छ (मलाई जस्तै) भनेका छन् ।

उनले नेपालमा डाक्टर हुन ‘भाटाले नफुट्ने टाउको,कुटाइले नदुख्ने जीउ,छतबाट हाम फाल्दा नभाँचिने खुट्टा र दिनदिनै तनाव सहँदा नडग्मगाउने मनोबल चाहिन्छ’ भन्दै ट्विट गरेका छन् ।

टिप्पणीहरू