पाकिस्तानले लग्यो आफ्ना नागरिक,आजै फर्कदै १४ डाक्टर
पाकिस्तान सरकारले नेपालमा रहेका आफ्ना ६२ जना नागरिकलाई आज बिहान काठमाडौैंबाट लगेको छ ।
हिमालय एअरलाइन्सको एच ९५८९१ चार्टर उडानबाट बिहान ९ बजेर ५० मीनेटमा उनीहरुलाई लाहोरतर्फ लगिएको हो ।विभिन्न समयमा नेपाल आएका आफ्ना नागरिक कोरोना महामारी र निषेधाज्ञाका कारण यतै अड्किएपछि आज उनीहरुलाई काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले चार्टर उडानबाट उध्दारको प्रबन्ध मिलाएको बताइन्छ ।
आजै लाहोरबाट काठमाडौं फर्किने सोहि विमानबाट पाकिस्तानमा डाक्टरी अध्ययनरत १४ जना नेपाली युवा पनि स्वदेश फर्किने छन् ।
उक्त विमान नेपाली समयअनुसार अपरान्ह ४ बजे काठमाडौं फर्किने छ ।
टिप्पणीहरू