थरिथरि प्रधानन्यायाधीश,कोही महलमा,कोही कुटीमा

थरिथरि प्रधानन्यायाधीश,कोही महलमा,कोही कुटीमा

संबैधानिक इजलास गठनको विवादले हालका प्रधानन्यायाधीश चोलेन्द्र समशेरको टाउको खाइरहेको,कल्याण श्रेष्ठ,मीनबहादुर रायमाझी,अनुपराज शर्मा र सुशीला कार्की प्रतिनिधिसभा विघटनविरुद्ध खरो उत्रिएको,गोपाल पराजुली किताब प्रकाशन तथा वितरणमा ब्यस्त भएको,रामप्रसाद श्रेष्ठसहित रामकुमारप्रसाद साह र ओमप्रकाश मिश्र गुमनाम रहेको बेला दामोदरप्रसाद शर्मा भने गेरुवस्त्र धारण गरेर चितवनस्थित देवघाटमा बसेका छन् ।

उनी बहालरत छँदै कुटी र आश्रममा बस्थे तर कतिपय फैसला महल र ठूलाबडाको पक्षमा गर्थे भनिन्छ ।

अहिले उनी पूर्णतः सन्यासको जीवन बिताइरहेको पाइन्छ ।

टिप्पणीहरू