महन्थ–महतोलाई निकालेर उपेन्द्र-बाबुरामको बैठक

महन्थ–महतोलाई निकालेर उपेन्द्र-बाबुरामको बैठक

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा हिजो बसेको पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसहित चार जनालाई निश्कासित गरेपछि बालकुमारीस्थित कार्यालयमा अहिले पार्टी बैठक शुरु भएको छ ।

आजको बैठकमा महेन्द्र राय यादव,मोहम्मद इस्तियाक राइन, मृगेन्द्रकुमार सिंह,रामसहाय यादव, प्रकाश अधिकारीलगायतको उपस्थिति छ । बैठकले चारै जना नेताले विधान विपरितका कार्य गरेको सम्बन्धमा सोधिएको २४ घण्टे स्पष्टीकरणको जवाफ प्राप्त नभएपछि साधारण सदस्य समेत नरहने गरी निश्कासन गर्नुपरेको जनाएको छ ।प्रचार विभाग प्रमुख डम्बर खतिवडाद्वारा जारी विज्ञप्तिमा ‘महन्थ ठाकुरलगायतका नेताहरुले ओली सरकारले मधेशका मागमुद्दा सम्बोधन गर्यो भन्ने भ्रम छर्दै संकटग्रस्त सरकारलाई काँध थाप्ने र प्रतिगमनको मतियार बन्ने काम गरेकाले’ कारबाही गरिएको उल्लेख छ ।

टिप्पणीहरू