महन्थ ठाकुर निश्कासनको पत्र बहादुर भवन पुग्यो

महन्थ ठाकुर निश्कासनको पत्र बहादुर भवन पुग्यो

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर सहित चार नेतालाई निश्कासन गर्ने केन्द्रीय कार्यकारिणी समितिको निर्णयको औपचारिक जानकारी निर्वाचन आयोग पुगेको छ ।

हिजो बसेको जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निकाल्ने निर्णय गरेको थियो । अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगलाई पत्र पठाएर आज निश्कासनको जानकारी गराउनुभएको हो ।यादवको पत्रमा चारै जना नेताले पार्टीको विधान, नीति र निर्णयहरु विपरित कार्य गरेकाले जेठ ८ गतेको कार्यकारिणी समिति बैठकले स्पष्टिकरण सोध्ने निर्णय गरेकोमा कुनै जवाफ नदिएकाले पार्टी विधान र दलसम्बन्धी ऐनअनुसार पार्टीबाट निकाल्न परेको ब्यहोरा उल्लेख छ ।

साथै,राजनीतिक दलसम्बन्धी ऐन ०७३ को दफा ५१ को (१),(२) र (३) बमोजिम चारै जनाको नाम दलको दर्ता किताबबाट हटाई अद्यावधिक गर्न पत्रमा आग्रह गरिएको छ ।

टिप्पणीहरू