रेडियोद्धारा गरिब र अपांगता भएका व्यक्तिलाई राहत वितरण

रेडियोद्धारा गरिब र अपांगता भएका व्यक्तिलाई राहत वितरण

रेडियो सूचना र सचेतनाका संवाहक त हुन् नै, जनताको अप्ठ्यारोमा साथ दिने साधन पनि हुन् भन्ने उहादरण रुकुम पश्चिममा रहेको सामुदायिक रेडियो आफ्नो एफ.एम.ले देखाएको छ । कोरोना भाईरसको बेला अग्रपंक्तिमा रहेर काम गरेको यस संचारमाध्याम र संचारकर्मीहरुको पहलमा मंगलबार र बुधबार यहाँका गरिब तथा अपांगता भएका व्यक्तिहरुलाई राहत स्वरुप खाद्यन्न वितरण गरेको छ ।

कोभिड १९ को महामारीका कारण लागेको निषेधाज्ञाको कारण ज्याला तथा मजदुर गरी साँझ विहानको छाक टार्न समस्यामा परेका विपन्न र अपांगता भएका परिवारका लागि रेडियाले खाद्यन्न वितरण गरेको हो । यहाँका ५० घर परिवारलाई रेडियोले खाद्यन्न उपलब्ध गराएको रेडियोका प्रवन्ध निर्देशक गोपाल रेग्मीले जानकारी दिएका छन् ।

‘मंगलबार पहिलो दिन ३१ घर परिवारलाई खाद्यन्न उपलब्ध गराएका हौ’ नेपाल पत्रकार महासंघ रुकुमका उपाध्यक्ष समेत रहनु भएका रेडियोका प्रवन्ध निर्देशक रेग्मीले भने, ‘बाँकि १९ घर परिवारलाईलाई आज बुधबार राहत बाँडिएको छ ।’

जम्मा १ लाख १० हजार रकम बराबरको खाद्यन्न सामाग्री वितरण गरिएको रेडियोले जनाएको छ । रेडियोले परिवारका प्रतिव्यक्ति २५ केजी को दरले चामलको बोरा, १ केजी नुन, १ केजी चिनी, १ प्याकेट चियापत्ती र १ वोतल तेल हस्तान्तरण गरेको जनाएको छ ।

खाद्यन्न हस्तान्तरण कार्यक्रममा सहभागी घरपरिवारका सदस्यहरुलाई कोभिड १९ सम्वन्धि सचेतनामुलक जानकारी समेत प्रदान गरीएको थियो । खाद्यन्न बितरण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी चौरजहारी नगरपालिकाको समन्वयमा वितरण गरिएको हो ।

टिप्पणीहरू