निषेधाज्ञामा बालिकालाई जोगाउन मुश्किल

निषेधाज्ञामा बालिकालाई जोगाउन मुश्किल

निषेधाज्ञा लगाइएको एक महिनाभन्दा धेरैको अवधिमा मुलुकभर बालिका करणी र दुर्व्यवहारको घटना बढेको छ । आज पनि बर्दिया र भक्तपुरमा बालिकामाथि जबरजस्ती करणी र यौन दुर्व्यवहार गरेको अभियोगमा दुई जना पुरुष पक्राउ परेका छन् ।

बर्दियाको मधुवन नगरपालिका–९ बेलटाँडीमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५७ वर्षीय कर्णबहादुर कामी पक्राउ परेका हुन् भने भक्तपुरको सूर्यविनायक नगरपालिका–८ गणेश मन्दिरका ४९ वर्षीय चुलाई मुखिया पनि पक्राउ परेका छन् ।

दुवैले १३ वर्षकी बालिकालाई जबरजस्ती करणी तथा यौन दुर्व्यवहार गरेका थिए । कामीले बालिकालाई उनकै घरमा जबरजस्ती करणी गरेको र मुखियाले गत पुस ११ गते भक्तपुर नगरपालिका–१ सल्लाघारीमा बालिकालाई गलत नियत राखेका थिए ।

टिप्पणीहरू