कालो ढुसीबाट धनगढीमा पनि मृत्यु

कालो ढुसीबाट धनगढीमा पनि मृत्यु

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ब्ल्याक फंगस (कालो ढुसी) संक्रमणबाट एक जनाको ज्यान गएको छ ।

तीन हप्तादेखि मृगौलाको डायलासिस गरिरहेका उनलाई मधुमेह तथा ज्वरो समेत देखिएपछि आइसीयूमा उपचाररत छँदै कालो ढुँसी पुष्टी भएको अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ अशोक श्रीपालीले बताउनुभएको छ ।

उहाँका अनुसार कैलालीको बर्दगोरिया नगरपालिका–६ का ६५ वर्षीय पुरुषको आज बिहान ७ बजे निधन भएको हो । उनमा कोरोना संक्रमणको परीक्षण दुई पटक नेगेटिभ आएको थियो ।

मृगौलाका बिरामी रहेका उनमा मधुमेह र ज्वरोले गालेपछि कमजोरीका कारण कालो ढुँसी संक्रमण भएको हुनसक्ने श्रीपालीको आशंका छ ।

टिप्पणीहरू