करेन्ट लागेर वृद्धको मृत्यु
विद्युतको तार चुँडिएर करेन्ट लागेपछि उदयपुरमा आइतबार बिहान एक जना वृद्धको ज्यान गएको छ ।
करेन्ट लागेर मृत्यु हुनेमा चौदन्डीगढी नगरपालिका वडा नम्बर ८ का ७२ वर्षीय भलमान विश्वकर्मा हुन् । अर्को छोराको घरमा जाँदै गर्दा बाटोमा चुँडिएर खसेको तारमा प्रवाहित करेन्ट लागेपछि उनको घनास्थलमै मृत्यु भएको हो ।
स्थानीयका अनुसार विद्युत प्राधिकरणका कर्मचारीको लापरबाहीका कारण उनको मृत्यु भएको हो । मेनलाइनको तार चुडिएर बाटोमा खस्दा समेत लाइन बन्द नगरिएको कारण उक्त दुर्घटना भएको बताइन्छ ।
टिप्पणीहरू